काठमाडौँ । जारी आइसीसी टी-२० विश्वकप अन्तर्गत आज दुई खेल हुदै छन् । आज समुह बी अन्तर्गत अस्ट्रेलिया र स्कटल्याण्डबीच खेल हुँदैछ ।
सेन्ट लुसियास्थित डारेन समी नेशनल स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ६: १५ बजेदेखि शुरु हुनेछ ।
जारी विश्वकपमा अस्ट्रेलिया लगातार तीन खेलमा जित हासिल गर्दै सुपर आठमा पुगिसकेको छ । त्यस्तै यस खेलको नतिजाले सुपर आठमा समुह बी बाट पुग्ने दोस्रो देशको टुंगो लाग्ने छ । यो खेल स्कटल्याण्डले जितेका स्कटल्याण्ड सुपर आठमा पुग्ने छ । त्यस्तै अस्ट्रेलियाले जितेमा भने इङल्यान्डको सम्भावना बन्ने छ ।
स्कटल्याण्डको ३ खेलमा २ खेल र एक खेल बर्षाले रद्ध हुदा ५ अंक रहेको छ र अहिले दोस्रो स्थानमा रहेको छ ।
अस्ट्रेलिया र स्कटल्याण्डबीच अहिलेसम्म टी-२० अन्तर्राष्टिय खेल भएको छैन र दुवै देशबीच यो पहिलो पटक खेल हुँदैछ ।
त्यस्तै आज दोस्रो खेल समुह ए अन्तर्गत पाकिस्तान र आयरल्याण्डबीच हुदै छ । दुवै देश सुपर आठको दौडबाट बाहिरिएकाले यस खेलको नतिजाले कुनै अर्थ भने राख्दैन । समुह ए बाट भारत र अमेरिका सुपर आठमा पुगिसकेका छन् । पाकिस्तानले अहिलेसम्म ३ खेलमा एक जित र २ हार बेहोरेको छ भने आयरल्याण्डले ३ खेलमा २ हार बेहोरेको छ भने एक खेल बर्षाले रद्ध भएको छ ।
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै घटेका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेको बताएकी छन्। चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा...
काठमाडौँ। मनाङको गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका दुईजना जापानी पर्वतारोहीको शव भेटिएको छ। ङिस्याङ गाउँपालिका–६ स्थित सात हजार ४५५ मिटरको गङ्गापूर्ण हिमाल आरोहणका क्रममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend