Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • टी-२० विश्वकपमा आज बंगलादेश र दक्षिण अफ्रीकाबीच खेल हुँदै


    सोमबार, जेष्ठ २८ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । जारी आइसीसी टी-२० विश्वकप अन्तर्गत आज एक खेल हुदै छ । आज समुह डी अन्तर्गत बंगलादेश र दक्षिण अफ्रीकाबीच खेल हुदै छ ।

    न्युयोर्कस्थित नासाउ काउन्टी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८: १५ बजेदेखि शुरु हुने छ ।

    जारी विश्वकपमा दक्षिण अफ्रिकाले २ खेलमा जित हासिल गरेर ४ अंकसहित शिर्ष स्थानमा रहेको छ । दक्षिण अफ्रिकाले पहिलो खेलमा श्रीलंकालाई पराजित गरेको थियो भने दोस्रो खेलमा नेदरल्याण्डसलाई पराजित गरेको थियो । त्यस्तै बंगलादेशले आफ्नो पहिलो खेलमा श्रीलंकालाई पराजित गरेको थियो ।

    यी दुवै देशबीच अहिलेसम्म कुल ८ टी-२० खेल भएका छन् र सबै खेल दक्षिण अफ्रिकाले जितेको छ । बंगलादेशले अहिलेसम्म टी-२० खेलमा दक्षिण अफ्रिकालाई पराजित गर्न सकेको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार