Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • टी-२० विश्वकपमा आज दुई खेल हुदै


    सोमबार, जेष्ठ २१ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । आइसीसी टी-२० विश्वकपमा आज दुई खेल हुँदैछ । आज पहिलो खेलमा नामिबिया र ओमानले खेल्नेछन् ।

    बार्बाडोसस्थित केनसिंगटोन ओभल स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार आज बिहान ६: १५ बजेदेखि शुरु हुनेछ ।

    दुवै बीच अहिलेसम्म ६ टी-२० खेल भएका छन् । जसमा नाम्बियाले ६ खेल जितेको छ भने ओमानले २ खेलमा जित हासिल गरेको छ ।

    त्यस्तै आज दोस्रो खेल श्रीलंका र दक्षिण अफ्रिकाबीच खेल हुदै छ । न्युयोर्कस्थित नास्साउ काउन्टी इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने यो खेल राति ८: १५ बजेदेखि शुरु हुने छ ।

    श्री लंका र दक्षिण अफ्रीकाबीच अहिलेसम्म १७ टी-२० खेल भएका छन् । जसमा दक्षिण अफ्रिकाले अहिलेसम्म १२ खेल जितेको छ भने श्री लंकाले ५ खेलमा जित हासिल गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार