Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • टी-२० विश्वकपमा अस्ट्रेलियाको विजयी शुरुवात


    बिहिबार, जेष्ठ २४ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । अस्ट्रेलियाले जारी टी-२० विश्वकपमा विजयी शुरुवात गरेको छ । विहिबार बिहान सम्पन्न खेलमा अस्ट्रेलियाले ओमानलाई ३९ रनले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।

    अस्ट्रेलियाले दिएको १६५ रनको लक्ष्य पछाएको ओमानले २० ओभरमा ९ विकेट गुमाउदै १२५ रन मात्र बनाएको थियो ।

    ओमानका लागि आयान खानले ३६ रन बनाएका थिए भने मेहरान खानले २७ रन बनाएका थिए । त्यस्तै अस्ट्रेलियाका बलर मार्कस स्टोइनिसले सर्बाधिक ३ विकेट लिएका थिए भने नाथन इलिस, मिचेल स्टार्क र एडम जाम्पाले २-२ विकेट लिएका थिए ।

    यस अघि टस हारेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनाएको थियो ।

    अस्ट्रेलियाका लागि मार्कस स्टोइनिसले सर्बाधिक ६७ रन बनाएका थिए भने डेभिड वार्नरले ५६ रन बनाएका थिए ।

    त्यसैगरी ओमानका बलर मेहरान खानले २ विकेट लिएका थिए ।

    समुह बि अन्तर्गत अस्ट्रेलियाले यो जितपछि महत्वपूर्ण २ अंक हासिल गरेको छ । त्यस्तै ओमानले भने लगातार दोस्रो हार बेहोरेको छ ।

    अब अस्ट्रेलियाले अर्को खेल जुन ८ मा इङल्याण्डविरुद्ध खेल्ने छ भने ओमानले अर्को खेल जुन ९ मा स्कटल्याण्डविरुद्ध खेल्ने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार