Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बजेटसम्बन्धि छलफलमा अर्थमन्त्री अनुपस्थित, बैठक १५ मिनेटका लागि स्थगित


    मंगलबार, जेष्ठ २२ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रतिनिधिसभाको बैठक १५ मिनेटको लागि स्थगित भएको छ ।

    संसदमा बजेटसम्बन्धि छलफल जारी रहेका बेला अर्थमन्त्री बर्षमान पुन उपस्थित नभएको बताउदै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले अर्थमन्त्रीको उपस्थितिको माग गरेपछि सभामुखले बैठक १५ मिनेटको लागि स्थगित गरेका हुन् ।

    बजेट सम्बन्धि छलफलमा अर्थमन्त्री अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था रहेको बताउदै राप्रपा अध्यक्ष लिङदेन सभामुखको ध्यानाकर्षण गराएका थिए ।

    सभामुखले अर्थमन्त्री राष्ट्रिय सभा बैठकमा रहेकाले केहि समयमा आउने भन्दै १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार