Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सहकारी ठगी प्रकरण छानबिन गर्ने कार्यादेश तय गर्ने कार्यदलको बैठक बस्दै


    मंगलबार, जेष्ठ ८ २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सहकारी ठगी प्रकरण छानबिन गर्न बनाउने भनिएको संसदीय समितिको कार्यादेश तय गर्न गठित कार्यदलको बैठक आज बस्ने भएको छ । बैठक आज बिहान ९ बजेदेखि कानून मन्त्रालयमा बस्न लागेको हो ।

    कानुनमन्त्री पदम गिरी संयोजक रहेको कार्यदलमा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार र रास्वपाका नेता शिशिर खनाल रहेका छन् । यस अघि पनि पटक पटक कार्यदलको बैठक बसेको भएपनि संसदीय छनबिन समितिको कार्यदेशमा सहमति हुन सकेको छैन । कार्यदेशमा सत्ता

    पक्ष र प्रतिपक्षबीच उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्ने या नगर्ने भन्ने विषयमा प्रमुख विवाद रहेको छ ।

    सोमबारको संसद बैठकपछि सत्ता पक्ष र प्रतिपक्षबीच ध्रुविकरण झन् बढेकाले कार्यादेशमा सहमति हुने सम्भावना कम देखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार