काठमाडौं । मेडिकल ब्यवसायी दुर्गा प्रसाईले देशमा क्रियाशील दल र यो परिपाटीबाट समृद्धि, शान्ति र विकासको परिकल्पना गर्नु मूर्खता सिवाय केही नहुने बताएका छन् । उनले नेपाली कांग्रेसकी नेतृ आरजु राणासहितका भ्रष्टाचारका आरोपीहरुको फाइल नखोल्ने र गृहमन्त्री रवि लामिछानेको सहकारी ठगीको बिषयमा नेपाली कांग्रेस नबोल्ने भित्री सहमति गरी संसद सुचारु गर्न लागिएको आरोप लगाएका छन् ।
प्रसाईले केहीबेरअघि सामाजिक संजालमा लेखेका छन्–यो देशमा अब यिनै दल र यी दलका नेता र यही परिपाटीबाट नागरिकले समृद्धि, शान्ति र विकासको परिकल्पना गर्नु भनेको मूर्खता शिवाय केही हुने छैन ।
नेपाली कांग्रेसकी नेतृ आरजु देउवा सहितका भ्रष्टाचारका आरोपीहरुको फाइल नखोल्ने र गृहमन्त्री रवि लामिछानेको सहकारी ठगीको विषयमा नेपाली कांग्रेस नबोल्ने भित्री सहमति अनुसार आजबाट संसद बैठक सुचारु भएको जानकारी प्राप्त भएको छ । यदि यो समाचार र सूचना सही हो भने अब जनता आफैं जागेर सडकबाटै यिनीहरूलाई नलखेटेसम्म सम्भव देखिएन ।
त्यसैले नेपाल बचाउने या नेपाललाई दलाल र भ्रष्टहरुको हातमा सुम्पेर नेपालको अस्तित्व नै समाप्त पार्ने भने निर्णय गर्ने जिम्मा यिनै नागरिकहरुको हातमा छ । उठ न हो जनता उठ, कति निदाएको अभिनय गरेर बस्छौ ?
नेपाल त भसक्कै सकिसके त यिनै नयाँ र पुराना जोगी मिलेर ।

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend