पर्सा । वीरगन्जमा रहेको नबिल बैंकको शाखाबाट १ करोड ३४ लाख रुपैयाँभन्दा बढी नगद रकम चोरी भएको एक साता बितिसकेको छ ।
बैंक लुटपाट भएको भोलिपल्टै २ जना लुटेरा पक्राउ परे पनि प्रहरीले पैसा अहिलेसम्म पनि फेलापार्न सकेको छैन । लुटपाटमा संलग्न २ जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।
बीरगंजको मुख्य बजारमै रहेको बैंकको शाखाबाट बैशाख १८ गते राति १ करोड ३४ लाख ६५ हजार रुपैयाँ नगद चोरी भएको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता डीएसपी कुमारविक्रम थापाले २ जना लुटेरा पक्राउ परे पनि पैसा भने बरामद नभएको प्रतिक्रिया नेपालफेसलाई दिए । बैंकभित्र टिनको बाकसभित्र राखिएका १ सय र २० दरका नोट गरी १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएको थियो ।
प्रारम्भिक अनुसन्धानका क्रममा सीसीटीभी क्यामेरामा रेकर्ड भएको भिडियोमा चार पाँच जनाको संख्यामा रहेका चोरहरूले मूल गेटको ताल्चा फुटाएर बैंकभित्र प्रवेश गरी टिनको बाकसमा राखिएको रकम बोरामा हालेर लगेको देखिएको भए पनि प्रहरीले पैसा फेलापार्न सकेको छैन ।
२ जना लुटेरा पक्राउ पर्नु र २ जना अझै फरार हुनु तथा लुटिएको रकम बरामद गर्न प्रहरीले नसकेका कारण घटना रहस्यमय बन्दै गएको छ ।
एक सातासम्म लुटिएको रकम बरामद गर्न प्रहरीले नसकेपछि बीरगंजका ब्यापारी र बित्तीय संस्थाहरुका संचालकहरु त्रसित बनेका छन् ।
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
काठमाडौँ । मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मलेसिया जाने कामदारको बायोमेट्रिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend