नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको तेस्रो वार्षिक केन्द्रीय सभालाई सोमबार सम्बोधन गर्दै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल। तस्बिर :प्रदीपराज वन्त / रासस
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्ति प्रकरणमा गठबन्धन झन्डै झन्डै टुटेको टिप्पणी गरेका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्रीले समयमा निर्णय लिएका कारण गठबन्धन टुटनबाट बचेको बताए ।
अध्यक्ष नेपालले हाल सरकारमा रहेका छ वटै पार्टीलाई समान ढंगले मिलाएर अगाडि बढ्नुपर्ने बताए । उनले कुनै एउटा पार्टी बाहिरिँदा सरकार भूँईमै पछारिने स्थिति रहेको बताउँदै उनले कसैले पनि घमण्ड गर्न नहुने बताए । ‘कुनै एउटा पार्टी अलग हुनेबित्तिकै सरकार भूइँमै पछारिन्छ । यो कुरा पनि हेक्का राख्नुपर्छ । कोही पनि घमण्डी नहुन्,’– उनले भने ।
एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ लक्षित गर्दै उनले भने नेताहरुको दिमागमा घमण्ड सवार भए २०७४ को बहुमतलाई टिकाउन नसकेको टिप्पणी गरेका थिए ।
सम्बोधनका क्रममा अध्यक्ष नेपालले कांग्रेसलाई वर्ग शत्रु ठानेर अगाडि बढ्न नसकिने बताउदै कांग्रेसलाई शत्रु ठान्नु आफ्नै पार्टीलाई खत्तम पार्नु रहेको बताए ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend