महोत्तरी । नेपाल राष्ट्रिय भिटामिन ए कार्यक्रम हरेक बर्षको ६ र ७ बैसाखमा संचालन हुँदै आएको छ । सोही अनुसार महोत्तरीमा यस्को व्यापक तयारी गरिएको छ ।
जिल्लाका १५ वटै स्थानीय तहमा ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाईलाई निर्धारित मितिमा भिटामिन ए क्याप्सुल जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
यस्को लागि जिल्लाभर स्वास्थ्यकर्मीहरुलाई तयार बनाइसकेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीकी फोकल पर्सन प्रतिभा सिंहले जानकारी दिइन् ।
शरीरलाई स्वस्थ-तन्दुरुस्त राख्न र उचित विकास गर्न महत्त्वपूर्ण मानिएको भिटामिन ए क्याप्सुलसगैँ जुकाको औषधि समेत खुवाइने जिल्ला स्वास्थ्य कार्यालयले सोमबार एक पत्रकार सम्मेलनका बीच कार्यतालिका नै सार्वजनिक गरेको छ ।
जिल्लाको कुल जनसंख्यामध्ये ५० हजार भन्दा वढी उक्त उमेर समुहका बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि १ देखि ५ बर्षसम्मका बालबालिकालाई खुवाइनेछ ।
बालबच्चामा भिटामिन ‘ए’ को कमी भएमा अन्धोपन र छालामा हुने समस्याका साथै उनीहरुको उमेर अनुसार हुनुपर्ने शारीरिक तथा मानसिक विकासमा कमी आउने भएकाले यो खुवाउन महत्त्वपूर्ण रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।
स्वास्थ्यकर्मी तथा फोकल पर्सन सिंहका अनुसार भिटामिन ए कै कमिको कारण दाँत र हड्डीको पर्याप्त विकास हुन पाउँदैन भने ५ वर्ष मुनिका बालबच्चाको मृत्युदर अरु बच्चाको तुलनामा ४ गुणा उच्च हुने गर्दछ ।
नेपालमा सन् १९९३ पूर्व ५ वर्ष मुनिका बालबच्चाको मृत्युदर उच्च थियो जसको एउटा कारण भिटामिन ‘ए’ को कमी पनि भएको एक अध्यणले देखाएको छ । १९९३ देखि सरकारले भिटामिन ‘ए’ क्याप्सुल खुवाउने अभियान सुरु गरेपछि ५ वर्षमुनिका बालबच्चाको मृत्युदर क्रमश: घट्दै गएको तथ्यांकले देखाएको छ ।
महोत्तरीमा आफ्ना बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मार्फत भिटामिन ए र जुकाको औषधि खुवाउन र सम्बन्धित पालिकाको स्वास्थ्य शाखामा सम्पर्क गर्न स्वास्थ्यकर्मीहरुले अनुरोध गरेका छन् । विशाल बस्नेत / न्युज कारखाना
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौँ। सत्याग्रहमा बसिरहेका प्रा.डा. गोविन्द केसीमा माग सम्बोधन गर्न शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले छलफल थालेका छन्। शुक्रबार मन्त्री पोखरेलले डा.केसीको टोलीसँग अनौपचारिक रुपमा छलफल...
काठमाडौँ। पशु सेवा विभागले पन्छीमा देखिएको बर्डफ्लुको संक्रमण नियन्त्रणमा आएको दावी गरेको छ। काठमाडौँलगायत विभिन्न ठाउँमा बर्डफ्लुको संक्रमण देखिएपछि देशभरका पन्छीपालन गर्ने किसान समस्यामा परेका...
काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा मानसिक स्वास्थ्यसम्बन्धी सेवा, उपचार र जनचेतनालाई देशव्यापी रूपमा विस्तार गर्ने उद्देश्यले मन्त्रालयले संघ, प्रदेश र...
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा(एसइई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले नतिजा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend