Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • बजेट बनाउन अर्थ मन्त्रालयले माग्यो सुझाव


    सोमबार, चैत्र १९ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं  । अर्थ मन्त्रालयले बजेट बनाउन सबैसंग सुझाव मागेको छ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१-८२ का लागि बजेट मस्यौदा लेखनको काम शुरू गरिरहेको छ ।

    मन्त्रालयले एक सुचना प्रकाशीत गर्दै बजेट तथा कार्यक्रमका लागि सबैसँग सुझाव मागेको हो ।

    मन्त्रालयले विभिन्न संघ, संस्था, बुद्धिजीवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, सञ्चारजगत तथा आम नागरिकहरुलाई आगामी वैशाख मसान्तभित्र बजेटमा सुझाव दिन आग्रह गरेको छ ।

    त्यसका लागि मन्त्रालयको वेबसाइटमा रहेको बजेट सजेसनमा गएर वा इमेल पठाएर सुझाव दिन मन्त्रालयले भनेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार