Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • संसदका तीन समितिको बैठक बस्दै, महालेखा परीक्षकको सुनुवाइ प्रक्रिया अगाडि बढ्ने


    सोमबार, चैत्र १९ २०८०
    2.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संघीय संसद्अन्तर्गतका तीनवटा संसदीय समितिको बैठक सोमबार बस्दैछ ।

    अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक आज बिहान ८ बजेबाट सुरु भएको थियो । बैठकमा नेपाल वायुसेवा निगमको बारेमा छलफल भइरहेको छ ।

    बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा शिक्षा सम्बन्धी विषयमा मन्त्रालयबाट भएका काम कारबाही, समस्या र भावी कार्ययोजना तथा समितिसँगको अपेक्षाका बारेमा छलफल हुनेछ ।

    बिहान साढे १० बजे संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ । बैठकमा प्रस्तावित महालेखा परीक्षक तोयम रायाको सुनुवाइ प्रक्रिया अघि बढाइने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार