काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बा र भगवानलाई प्रश्न गर्न नपाइने टिप्पणी गरेका छन् ।
नवलपरासीबाट स्थगित संवाद यात्राको थालनी गर्दै नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीमा नेतृत्वलाई प्रश्न गर्न नपाइने टिप्पणी गरेका हुन् ।
उनले भने- एमाले कस्तो पार्टी बन्यो भने पार्टीको अध्यक्षलाई कसैले प्रश्न गर्नै नपाइने, पार्टीको अध्यक्ष सबैभन्दा माथि बा, बा प्रश्न भन्दा माथि ।’
महामन्त्री थापाले रास्वपामथि अनि व्यंग्य गर्दै नयाँ पार्टीमा पनि अध्यक्षलाई भगवानको दर्जा दिइएको बताए । उनले भने- ‘नयाँ पार्टीमा पनि त्यस्तो छ, अध्यक्ष भनेको भगवान, भगवानलाई प्रश्न गर्न नपाउने, भगवान प्रश्न भन्दा माथि, भगवानले ठगे पनि हुने, भगवानले लुटे पनि हुने, त्यस्तो पार्टी पनि हुन्छ । तर हामीले त्यस्तो पार्टी नबनाउने भन्यौं ।’
महामन्त्री थापाले कांग्रेस भित्र भित्र अन्तर पार्टी लोकतन्त्रको अभ्यास गरिरहेको बताउदै कार्यकर्तासँग बसेर आफ्ना समस्या बारे छलफल गर्न सकिने र गरिरहेको बताए । उनले टिकट वितरणको अहिलेको प्रणालीलाई छलफल गरेर समाधान गर्नुपर्नेमा जोड दिएका थिए ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend