काठमाडौं । नेपाललाइ चाडपर्वको देश भनिन्छ। फागुपुर्णिमा रङहरुको पर्व हो, जसलाइ बोलिचालीको भाषामा होली पनि भनिन्छ ।
बसन्तपुरमा चीर गाडेर लिंगो ठडाए पछि फागु पुर्णिमा सुरू भएको मानिन्छ, जो बसन्तपुर काठमाडौंमा ठडाइ सकिएको छ ।
यसलाई खराबमाथि राम्रोको विजयको रूपमा मनाइन्छ। मानिसहरु यो पर्वको निकै उत्सुकताका साथ प्रतीक्षा गर्छन् । मानिसहरूले आफ्ना विगतका सबै गल्ती बिर्सेर एकअर्कासँग प्रेमका साथ होली खेल्छन्।
तिनीहरूले एकअर्कामा रङहरू धसेर रमाइलो गर्छन । धनी, गरिबी, उच्च वा नीच जस्तोसुकै भए पनि मानिसहरु यो दिन मिलेर होली खेल्छन् । हिन्दु धर्ममा पनि होलीको ठूलो महत्व रहेको छ । होलीको दिनमा प्रयोग हुने रङको पनि विशेष महत्व हुन्छ । आउनुहोस् होलीका रङहरूको महत्त्व के छ ? थाहा पाउनुहोस्। खासमा आज हामी कुन रङ कसलाई लगाउनु पर्छ ? भनेर जानकारी दिनेछौं ।
बालबालिकालाई रातो रङः
होलीमा सबैभन्दा बढी प्रयोग हुने रङ रातो हो । रातो रङको धेरै अर्थ हुन्छ । यो महत्वाकांक्षा, उत्साह, क्रोध, उत्साह, बहादुरी र साहस को प्रतीक हो। रातो रङ प्रेमीले पनि निकै मन पराउँछन् । रातो रङको गुलाल होलीमा ऊर्जा प्रदान गर्दछ। होली पर्व धार्मिक दृष्टिले पनि निकै महत्वपूर्ण छ । धार्मिक कार्यमा पनि रातो रङको धेरै प्रयोग हुन्छ । होलीमा युवा र बालबालिकालाई रातो रङलगाउन सकिन्छ ।
महिलाहरुलाइ पहेंलो रङः
पहेँलो रङलाई खुशी र सम्मानको प्रतीक मानिन्छ। यो रङ होलीमा धेरै प्रयोग गरिन्छ। पहेँलो रङ लगाएपछि अनुहारमा पनि राम्रो देखिन्छ । त्यसैले दिदीबहिनी वा घरका अन्य महिलालाई पहेँलो रङ लगाउन सकिन्छ ।
अग्रजलाइ हरियो रङः
हरियो रङलाई शीतलता, आराम, ताजगी र सकारात्मकताको प्रतीक मानिन्छ। हरियो रङ प्रकृतिसँग पनि जोडिएको हुन्छ । यो रङले शारीरिक र मानसिक तनाव पनि कम गर्छ। हरियो रंगलाई भाग्यशाली र समृद्धि दिने पनि मानिन्छ । होलीको पर्वमा ठूला दाजुभाइ, आफन्त र आफूभन्दा ठूला जो कोहीलाई पनि हरियो रङ लगाउन सकिन्छ ।
साथीभाइलाइ सुन्तला रङः
सुन्तला रंगलाई सुख र सद्भावको प्रतीक मानिन्छ । होलीको दिन धेरैले एकअर्कालाई सुन्तला रङको लगाउँछन्। तपाईं पनि आफ्नो नजिकका साथी र परिवारका सदस्यहरूलाई सुन्तला रङ लगाउन सक्नुहुन्छ, यसले सम्बन्धमा सद्भाव र खुशी बढाउँछ।
काठमाडौं । नेपालीहरुको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ । आज मान्यजनबाट देवीको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ...
काठमाडौं। महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज बिहान ५ बजेदेखि नै सर्वसाधारणका लागि खुला गरिएको छ। हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक...
काठमाडौँ। लामो समयदेखि रिक्त लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई नियुक्त गरिएको छ। संस्कृति,...
काठमाडौँ। सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि खुल्ला दरखास्त आह्वान गरेको छ। मन्त्रालयले बोर्डको अध्यक्ष पदमा एक जना योग्य उम्मेदवार छनोट...
काठमाडौं । सरकारले तीन प्रतिष्ठानमा कुलपति, उपकुलपतिसहितका पदाधिकारी नियुक्त गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend