Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुदूरपश्चिम सरकारको मन्त्रीमण्डल पुनर्गठन, तीन मन्त्री थपिए


    शनिबार, फाल्गुन २६ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • धनगढी । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सरकारबाट अलग्गिएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रीमण्डल पुनर्गठन गरेका छन् । शाहले प्रदेश सरकारमै रहेको नागरिक उन्मुक्ति पार्टीलाई समेट्दै एक विना विभागीयसहित तीन मन्त्री थप गर्दै आज मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

    नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् भने सोही पार्टीका सांसद इन्दिरा गिरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

    त्यस्तै खुशीराम चौधरीलाई विना विभागीय मन्त्रीको जिम्मेवारी दिइएको छ । शुक्रबारै प्रदेश प्रमुख देवराज जोशीले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

    ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा हाल ५२ सदस्य छन् । नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टी मिल्दा पनि बहुमत पुग्दैन । बहुमत पुग्नका लागि २७ सांसद आवश्यक हुन्छ । सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका सांसद १८ छन् भने नाउपाका ७ छन् । बहुमतका लागि २ सिट पुग्दैन । जबकि एमाले–माओवादी र समाजवादीलाई पनि बहुमत पुग्दैन । नाउपालाई सामेल गर्नैपर्छ ।

    सूदुरपश्चिम प्रदेशसभामा माओवादी केन्द्रका सभामुखसहित ११, नेकपा एमालेका १०, एकीकृत समाजवादीका ४, राप्रपाका १ र १ जना स्वतन्त्र सांसद छन् । सुदूरपश्चिममा राप्रपा र एक स्वतन्त्र निर्णायक देखिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार