मोरङ । फुटबल प्रतियोगिताको फाइनल खेलमा मुख्य रेफ्रिले पुर्वाग्रह राखी गलत निर्णय गरी खेल हराएको भन्दै पराजित टिमका अफिसियल र दर्शकले मैदानमा अभद्र ब्यवहार गरेपछि दुई टिमका दर्शकबीच झडप भएको छ।
मोरङको पथरीशनिश्चरे–१० मा भुटानी शरणार्थी शिविर ब्यवस्थापन समितिले आयोजना गरेको फुटबल प्रतियोगिताको फाइनल खेलपछि आइतबार विजेता आयोजक युथ फुटबल क्लव र सहआयोजक भुटानिज युथ क्लबका दर्शकबीच दोहोरो झडप भएको हो।
निर्धारित ७० मिनेटको खेल सकिएपछि थप गरिएको ४ मिनेट सुरु हुने बित्तिकै उप विजेता टिमका भेराटी (विदेशी खेलाडी) विपक्षी टिमको डिबक्समा लड्नु भएको थियो। तर, मुख्य रेफ्रि मनिष अधिकारीले फल्ड नदिई खेल सुचारु गरेपछि भुटानिज युथ क्लबका अफिसियल र समर्थक मैदानमा प्रवेश गरी होहल्ला गरी खेल अबरुद्ध गरेका थिए। सशस्त्र प्रहरीले मैदान खाली गरी सुचारु गरेको खेल अतिरिक्त समय पनि सकिएपछि १–० गोलले आयोजक युथ फुटबल क्लब पथरीशनिश्चरे भुटानी शरणार्थी शिविरले जितेको थियो।
खेल सकिना साथ सशस्त्र प्रहरीले मैदानबाटै रेफ्रिलाई स्कटिङ गरेर मञ्चमा पुर्याएको थियो । उक्त घटना हेरिरहेका बेलडाँगी पक्षका दर्शकले त्यसपछि रेफ्रिले साँच्चीकै गल्ती गरेको आरोप लगाउँदै जथाभावी होहल्ला गर्न थालेका थिए। सशस्त्र प्रहरीले घटनालाई साम्य पार्न लाठी चार्ज समेत गरेको थियो। एकातर्फ पुरस्कार वितरण चलिरहँदा मैदानमा दुइपक्ष बिच फाइट चलिरहेको थियो।
भूटानी शरणार्थी शिविर नजिकै रहेको खेल मैदानमा एकाएक शिविरबाट मानिसहरु पसेर होहल्ला गरेका थिए। केही समय पछि बेलडाँगी शिविरबाट फुटबल हेर्न आएका दर्शक चढेको बसमा ढुङ्गा मुडासमेत भएको छ। ५ वटा बस मध्ये ३ बसमा क्षति भएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन्।
प्रहरीले भिड नियन्त्रण लिएपछि दुई पक्षका समर्थक बिच भएको भिडन्तमा परी एकजना घाइते भएका छन्। घाइतेलाई सशस्त्र प्रहरीले आफै उद्दार गरी अस्पताल पुर्याएको छ। शिविरसँगै रहेको सशस्त्र प्रहरीका सइ लक्ष्मण महतले कोही पनि घाइते नभएको बताए।
काठमाडौं । चर्चित रेस्टुरेन्ट सेकुवा बाई किलोले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि रु. २० लाख ११ हजार १ सय ११ सहयोग गरेको छ...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend