मोरङ । फुटबल प्रतियोगिताको फाइनल खेलमा मुख्य रेफ्रिले पुर्वाग्रह राखी गलत निर्णय गरी खेल हराएको भन्दै पराजित टिमका अफिसियल र दर्शकले मैदानमा अभद्र ब्यवहार गरेपछि दुई टिमका दर्शकबीच झडप भएको छ।
मोरङको पथरीशनिश्चरे–१० मा भुटानी शरणार्थी शिविर ब्यवस्थापन समितिले आयोजना गरेको फुटबल प्रतियोगिताको फाइनल खेलपछि आइतबार विजेता आयोजक युथ फुटबल क्लव र सहआयोजक भुटानिज युथ क्लबका दर्शकबीच दोहोरो झडप भएको हो।
निर्धारित ७० मिनेटको खेल सकिएपछि थप गरिएको ४ मिनेट सुरु हुने बित्तिकै उप विजेता टिमका भेराटी (विदेशी खेलाडी) विपक्षी टिमको डिबक्समा लड्नु भएको थियो। तर, मुख्य रेफ्रि मनिष अधिकारीले फल्ड नदिई खेल सुचारु गरेपछि भुटानिज युथ क्लबका अफिसियल र समर्थक मैदानमा प्रवेश गरी होहल्ला गरी खेल अबरुद्ध गरेका थिए। सशस्त्र प्रहरीले मैदान खाली गरी सुचारु गरेको खेल अतिरिक्त समय पनि सकिएपछि १–० गोलले आयोजक युथ फुटबल क्लब पथरीशनिश्चरे भुटानी शरणार्थी शिविरले जितेको थियो।
खेल सकिना साथ सशस्त्र प्रहरीले मैदानबाटै रेफ्रिलाई स्कटिङ गरेर मञ्चमा पुर्याएको थियो । उक्त घटना हेरिरहेका बेलडाँगी पक्षका दर्शकले त्यसपछि रेफ्रिले साँच्चीकै गल्ती गरेको आरोप लगाउँदै जथाभावी होहल्ला गर्न थालेका थिए। सशस्त्र प्रहरीले घटनालाई साम्य पार्न लाठी चार्ज समेत गरेको थियो। एकातर्फ पुरस्कार वितरण चलिरहँदा मैदानमा दुइपक्ष बिच फाइट चलिरहेको थियो।
भूटानी शरणार्थी शिविर नजिकै रहेको खेल मैदानमा एकाएक शिविरबाट मानिसहरु पसेर होहल्ला गरेका थिए। केही समय पछि बेलडाँगी शिविरबाट फुटबल हेर्न आएका दर्शक चढेको बसमा ढुङ्गा मुडासमेत भएको छ। ५ वटा बस मध्ये ३ बसमा क्षति भएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन्।
प्रहरीले भिड नियन्त्रण लिएपछि दुई पक्षका समर्थक बिच भएको भिडन्तमा परी एकजना घाइते भएका छन्। घाइतेलाई सशस्त्र प्रहरीले आफै उद्दार गरी अस्पताल पुर्याएको छ। शिविरसँगै रहेको सशस्त्र प्रहरीका सइ लक्ष्मण महतले कोही पनि घाइते नभएको बताए।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आफ्नो वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको जनाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend