माधव पौडेल
काठमाडौं । एक दर्जन भन्दा बढी भ्रष्टाचार गरेको अभियोग लगाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको थुनामा रहेका सुरक्षण मुद्रण विकास समितिका पूर्वकार्यकारी निर्देशक विकल पौडेलसँग घुस लिएको सप्रमाण समाचार आउँदा पनि मुख्यसचिव बैकुन्ठ अर्याल निर्लज्जतापूर्वक पदमा टाँसिइरहेका छन् ।
स्थायी सरकारको नेतृत्व गर्ने मुख्यसचिव नै भ्रष्टाचारमा मुछिएको प्रमाण सार्वजनिक हुँदा पनि उनको राजीनामा आएको छैन । मुख्यसचिव नै यस्तो भ्रष्टाचारमा संलग्न भएपछि निजामती प्रशासनमा सुशासन कायम कसरी होला ? यो अहम् प्रश्न छ ।
कान्तिपुर दैनिकले बिहीबार मुख्यसचिव अर्यालले विकल पौडेलसँग घुस लिएको भौचरसहित सार्वजनिक गरिसकेपछि उनले नैतिक रुपमा राजीनामा दिनुको बिकल्प देखिंदैन । त्यसो त टेरामक्स खरिदमा भएको अनियमिततामा पनि उनको प्रत्यक्ष संलग्नता देखिएकाले अख्तियारले छानबिन गरिरहेको छ ।
टेरामक्स खरिदमा भएको अनियमिततामा छिट्टै मुद्दा दर्ता हुने कुरा अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले बताइसकेको अवस्थामा उनले नैतिक रुपमा राजीनामा दिनुपर्ने थियो । तर उनमा नैतिकताको कुनै पनि अंश नभएपछि पदमा टाँसिइरहेका थिए । तर घुस लिएको भौचर नै मिडियाले छताछुल्ल पारेपछि पनि उनी पदबाट राजीनामा दिन ढिलाइ गरिरहेका छन् ।
मुख्यसचिव अर्यालले राजीनामा नदिए पनि सरकारले निजामती प्रशासनको प्रतिष्ठा बचाउन पनि उनलाई तत्काल बर्खास्तीको प्रक्रिया अगाडि बढाउनुपर्ने देखिन्छ । सरकारका मुख्यसचिवले भ्रष्टाचार आरोपमा अख्तियारको थुनामा रहेकासँग घुस लिएको बिषय सार्वजनिक भइसकेपछि उनी पदमा बसिरहन नैतिक रुपमा कसरी मिल्छ ?
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend