माधव पौडेल
काठमाडौं । एक दर्जन भन्दा बढी भ्रष्टाचार गरेको अभियोग लगाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको थुनामा रहेका सुरक्षण मुद्रण विकास समितिका पूर्वकार्यकारी निर्देशक विकल पौडेलसँग घुस लिएको सप्रमाण समाचार आउँदा पनि मुख्यसचिव बैकुन्ठ अर्याल निर्लज्जतापूर्वक पदमा टाँसिइरहेका छन् ।
स्थायी सरकारको नेतृत्व गर्ने मुख्यसचिव नै भ्रष्टाचारमा मुछिएको प्रमाण सार्वजनिक हुँदा पनि उनको राजीनामा आएको छैन । मुख्यसचिव नै यस्तो भ्रष्टाचारमा संलग्न भएपछि निजामती प्रशासनमा सुशासन कायम कसरी होला ? यो अहम् प्रश्न छ ।
कान्तिपुर दैनिकले बिहीबार मुख्यसचिव अर्यालले विकल पौडेलसँग घुस लिएको भौचरसहित सार्वजनिक गरिसकेपछि उनले नैतिक रुपमा राजीनामा दिनुको बिकल्प देखिंदैन । त्यसो त टेरामक्स खरिदमा भएको अनियमिततामा पनि उनको प्रत्यक्ष संलग्नता देखिएकाले अख्तियारले छानबिन गरिरहेको छ ।
टेरामक्स खरिदमा भएको अनियमिततामा छिट्टै मुद्दा दर्ता हुने कुरा अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले बताइसकेको अवस्थामा उनले नैतिक रुपमा राजीनामा दिनुपर्ने थियो । तर उनमा नैतिकताको कुनै पनि अंश नभएपछि पदमा टाँसिइरहेका थिए । तर घुस लिएको भौचर नै मिडियाले छताछुल्ल पारेपछि पनि उनी पदबाट राजीनामा दिन ढिलाइ गरिरहेका छन् ।
मुख्यसचिव अर्यालले राजीनामा नदिए पनि सरकारले निजामती प्रशासनको प्रतिष्ठा बचाउन पनि उनलाई तत्काल बर्खास्तीको प्रक्रिया अगाडि बढाउनुपर्ने देखिन्छ । सरकारका मुख्यसचिवले भ्रष्टाचार आरोपमा अख्तियारको थुनामा रहेकासँग घुस लिएको बिषय सार्वजनिक भइसकेपछि उनी पदमा बसिरहन नैतिक रुपमा कसरी मिल्छ ?
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend