Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अचारको बोतलमा गाँजा लुकाएर विदेश लैजान लाग्दा विमानस्थलबाट एक जना पक्राउ


    बुधबार, फाल्गुन ९ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। अचारको बोतलमा गाँजा लुकाएर विदेश लैजान लाग्दा एक जना पक्राउ परेका छन् । नेपाल एयरलाइन्सको विमानमार्फत बुधबार साँझ ६ बजे साउदी जान लागेका उनलाई प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा धनुषाका अशोककुमार मण्डल रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाएको छ ।

    प्रारम्भिक सोधपुछपछि थप अनुसन्धान गर्न विमानस्थल प्रहरीले मण्डल र बरामद सामानलाई लागूऔषध नियन्त्रण ब्यूरोको जिम्मा लगाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार