काठमाडौं । राप्ती नगरपालिका-३ झुरझुरेबाट अवैध लागूऔषध गाँजा करिब ५ सय ४४ किलोसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा छथर जोरपाटी गाउँपालिका-३ बस्ने ३२ वर्षीय रमेश नाथ दाहाल र कपिलवस्तु बुद्धभूमि नगरपालिका-४ बस्ने २५ वर्षीय शुसिराम थारू रहेका छन् ।
ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले उक्त स्थानमा रोकी राखेको ना.३ ख ६१२२ नम्बरको ट्रक र ना.३ ख ७२४० नम्बरको डिब्बा ट्रकलाई जाँच गर्ने क्रममा डिब्बा ट्रकमा लुकाई छिपाई राखेको ३९ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी सोही ट्रकका चालक रमेश नाथ र ना.३ ख ६१२२ नम्बरको ट्रकका सहचालक शुसिरामलाई पक्राउ गरेको हो । हाल फरार ना.३ ख ६१२२ नम्बरको ट्रकका चालकको प्रहरीले खोजी गरिरहेको छ ।
मकवानपुरकाे राक्सिराङ गाउँपालिका-५ बोटबारीबाट अवैध लागूऔषध गाँजा करिब ७० किलो ६ सय ग्रामसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राक्सिराङ गाउँपालिका-१ सानो भावर बस्ने ५० वर्षीय पुर्ण बहादुर मोक्तान, २४ वर्षीय बावुलाल स्याङतान र हेटौंडा उपमहानगरपालिका-११ थानाभर्याङ बस्ने २४ वर्षीय आमोस पुलामी मगर रहेका छन् ।
प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरीले परेवा भिरबाट पलासेतर्फ जाँदै गरेको प्रदेश ३-००१ ह ०१९६ नम्बरको अटोलाई रोक्न खोज्दा अटो नरोकी भाग्ने क्रममा पल्टिएको थियो । साथै अटोमा २ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी अटोमा सवार उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले हाल फरार अटो चालकको खोजी गरिरहेको छ ।
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend