काठमाडौं। विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई दण्ड जरिवाना समेत तोकिसकेका सात जना फरार प्रतिवादीलाई रौतहट प्रहरीले पक्राउ गरेको छ। लुटपाट, सम्बन्ध विच्छेद तथा चेक अनादर मुद्दामा तीन लाख २७ हजार रुपैयाँ जरिवाना तोकिएर फरार रहेका सात जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा साविक रमौली गाबिस वडा ६ का रामचन्द्र बैठा, लक्षमी बैठा, रामाप्रवेश बैठा रहेका छन्। उनीहरूलाई लुटपाट मुद्दामा जिल्ला अदालत गौरले जनही ७५ हजार रुपैयाँ जरिवाना गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले बताइन्।
त्यस्तै रमौली ७ कै बलदेव यादव र शिवाकालिया देवी रहेकी छिन्। उनीहरूलाई सम्बन्ध बिच्छेद मुद्दामा अदालतले जनही २५ हजार रुपैयाँ जरिवाना गरेको छ। त्यस्तै गाली बेईजती मुदामा ५० हजार जरिवाना तोकिएका गौर नगरपालिका ५ का प्रभात कुमार झा र चेक अनादर मुद्दामा २ हजार जरिवाना तोकिएका दुर्गा भगवती गाउँपालिका २ का अमरनाथ पाण्डे पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जारिगरेको सूचनामा उल्लेख गरिएको छ।
पक्राउ परेका सातैजनालाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत गौरमा मंगलवार उपस्थित गराइएको प्रहरीले जनाएको छ। रौतहट प्रहरीले पछिल्लो समय फरार प्रतिवादी पक्राउ अभियान चलाएको छ। यसअघि यस आर्थिक वर्षको साउन देखि माघ मसान्त सम्म ६ महिनामा २८० फरार प्रतिवादी पक्राउ गरेको थियो।
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
काठमाडौँ । मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मलेसिया जाने कामदारको बायोमेट्रिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend