Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लागुऔषधसहित एक युवक पक्राउ


    शुक्रबार, माघ १९ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रहरीले भक्तपुरबाट लागुऔषधसहित एक जना युवकलाई पक्राउ गरेको छ । भक्तपुर नगरपालिका–४ बस्ने समन भेलेलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

    २४ वर्षीय समनलाई प्रहरी प्रभाग दरबार स्क्वायरबाट खटिएको टोलीले पक्राउ गरेको बताइएको छ ।

    आरोपीको साथबाट प्रहरीले नुफ्रिन ५ थान, डाइजेपाम ४ थान र फेनारगन ३ थान बरामद गरेको छ । स्कुटरमा सवार आरोपीलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा लागुऔषध भेटिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार