Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ


    बुधबार, माघ १७ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार नयाँ बानेश्वरबाट उनलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा पोखरा घर भई हाल काठमाडौँको बुढानीलकण्ठ बस्ने ३८ वर्षीय प्रकाश गुरुङ रहेका छन् ।

    गुरुङले दीपक राज कँडेललाई वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिन्छु भन्दै ६ लाख १८ हजार रुपैयाँ लिएर सम्पर्कविहीन बनेको प्रहरीले जनाएको छ ।

    उनलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार