Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • सुन तस्करी जाँचबुझ आयोगले गर्‍यो सीआईबी प्रमुख बज्राचार्यसँग सोधपुछ


    बुधबार, माघ १७ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)की प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) किरण बज्राचार्यलाई सुन तस्करी जाँचबुझ आयोगले सिंहदरबारस्थित कार्यालयमा बोलाएर सोधपुछ गरेको छ।

    ६० किलो सुन र भेपमार्फत गरेको सुन तस्करीबारे अनुसन्धानमा देखिएको कमजोरीको सम्बन्धमा आयोगका पदाधिकारीहरूले एआईजी बज्राचार्यसँग सोधपुछ गरेको आयोगले जनाएको छ ।

    तस्करले ६० किलो सुन हङकङबाट र इलेक्ट्रिक चुरोट ‘भेप’ मा लुकाएर दुबईबाट सुन काठमाडौंमा ल्याएका थिए।

    ६० किलो सुनबारे अनुसन्धान गरेका एसपी सञ्जयसिंह थापा र भेपबारे अनुसन्धान गरेका डिएसपी दुर्गा दाहालसँग पनि आयोगका पदाधिकारीले सोधपुछ गरेका छन् ।

    पहिलो चरणमा आयोगले ६० किलो सुन तस्करी र ९ किलो सुन तस्करीमा जोडिएर पुर्पक्षको लागि थुनामा रहेका तथा धरौटीमा रहेका व्‍यक्तिलाई सोधपुछ गरेको थियो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार