काठमाडौं । मोटरसाइकल चोरीमा संलग्न दुई जना पक्राउ परेका छन् । आज काठमाडौंकोबाट ट्राफिक प्रहरीले मोटरसाइकल चोरीको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका ५ घर भई हाल काठमाडौंको भिमढुङ्गा बस्ने २४ वर्षीय सुरेश विश्वकर्मा र काभ्रेपलाञ्चोककै तेमाल गाउँपालिका ६ घर भई काठमाडौंको बालुवाटार बस्दै आएका ३० वर्षीय जितेन्द्र तामाङ रहेका छन् ।
वास्तविक नम्बर परिवर्तन गरी प्रदेश २–०३–००८ प ४२४८ नम्बर राखी चलाइरहेको अवस्थामा सुरेश विश्वकर्मालाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पीडित सहायता ईकाइबाट खटिएको टोलीले फेला पारी काठमाडौं महानगरपालिका १६ पुरानो गंगाहल नजिकैबाट नियन्त्रणमा लिएको हो । अनुसन्धान गर्ने क्रममा उक्त मोटरसाइकल जितेन्द्र तामाङ मार्फत विश्वकर्माले खरिद गरेको खुल्न आए पछि तामाङलाई समेत काठमाडौंको थापाथलीबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा आएका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त महाराजगंज पठाइएको प्रहरीले जनाएको छ।
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
काठमाडौँ । मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मलेसिया जाने कामदारको बायोमेट्रिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend