Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • त्रिवि केन्द्रीय क्याम्पसमा पढाउने व्यवस्था मिलाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ


    सोमबार, माघ १५ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा पढाउन मिलाइ दिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन्। केन्द्रीय विद्यालयमा पढाउन मिलाइदिन्छु भन्दै एक जनाबाट दुई लाख रुपैयाँ रकम ठगी गर्ने उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले नियन्त्रणामा लिएको हो ।

    पक्राउ पर्नेमा काठमाडौं बूढानीलकण्ठ नगरपालिका भङ्गाल बस्ने सप्तरीको शम्भुनाथ नगरपालिका–२ कचनदाहा घर भएका ४० वर्षीय श्रीकान्त राउत रहेका छन् ।

    राउतले विभिन्न राजनीतिक नेतृत्वसँगै देशी विदेशी शक्ति केन्द्रका प्रभावशाली व्यक्तित्वसँग नजिकको सम्बन्ध रहेको भनी सर्वसाधारणलाई विभिन्न बहाना बनाई ठगी गर्ने गरेकोसमेत खुल्न आएको छ।

    उनीउपर जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार