काठमाडौं । स्थानीय तह कर्मचारी संघ नेपालको पाँचौं राष्ट्रिय अधिवेशन शनिबार सम्पन्न भएको छ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको अधिवेशनले नारायणप्रसाद शर्मालाई अध्यक्ष र शम्भु बराललाई महासचिवमा चयन गरेको छ । संघको अधिवेशनले सर्वसम्मतरुपमा ६७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ ।
अधिवेशनबाट उपाध्यक्ष (खुल्ला)मा जानुका श्रेष्ठ, उपाध्यक्ष महिलामा सृजना लामिछाने चयन भएका छन् ।
त्यसैगरी प्रदेशतर्फबाट उपाध्यक्ष चयन हुनेहरुमा चन्द्रबहादुर बस्नेत कोशी, नवराज खड्का मधेश, विदुर गौतम बागमती, महेन्द्रबहादुर गोदार गण्डकी, दिलबहादुर शाही कर्णाली, करणसिंह धामी सुदूरपश्चिम छन् ।
त्यस्तै विष्णुबहादुर पौडेल र रुद्रनाथ आचार्य उपमहासचिवमा चयन भएका छन् ।
तीन सचिवमा रेशम जीसी, बबिन्द्रलाल माझी र मन्दिरा श्रेष्ठ चयन भएका छन् । अधिवेशनले कोषाध्यक्षको जिम्मेवारी कुवेर केसीले पाएका छन् ।
अधिवेशनमा जनबर्गीय संगठन इंचार्ज भानुभक्त ढकाल, पेशागत महासंघ नेपालका अध्यक्ष पुण्य ढकाल, उपाध्यक्ष एवं निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन अध्यक्ष भोलानाथ पोखरेल, पेशागत महासंघ नेपालका महासचिव केदारप्रसाद देवकोटा, संघका पूर्वअध्यक्ष हरिकुमार श्रेष्ठ पनि अतिथि थिए ।
काठमाडौं । चर्चित रेस्टुरेन्ट सेकुवा बाई किलोले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि रु. २० लाख ११ हजार १ सय ११ सहयोग गरेको छ...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend