Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • पहिलो दिन नै राम मन्दिरमा उठ्यो सवा ३ करोड भारु दान


    बिहिबार, माघ ११ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • नयाँ दिल्ली । अयोध्यामा भर्खरै खुलेको श्रीराम मन्दिरमा श्रद्धालुहरूको भिड लागिरहेको छ । सर्वसाधारणका लागि मन्दिरमा दर्शन खुला गरिएको दोस्रो दिन आज साढे २ लाख भन्दा धेरै मानिसहरूले राम मन्दिरमा दर्शन गरेका थिए । यसैबिच पहिलो दिन मन्दिरमा आएको दानको तथ्यांक बाहिरिएको छ ।

    मङ्गलवार श्रद्धालुहरूले मन्दिरमा ३ करोड १७ लाख भारु दान दिएका छन् । प्राण प्रतिष्ठापछि दानका लागि खोलिएको १० वटा काउन्टर र अनलाइन जनवरी २३ मा ३ करोड १७ लाख भारु बराबरको रकम दानबापत जम्मा भएको राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका ट्रस्टी अनिल मिश्रले बताएका हुन् । पहिलो दिन मन्दिरमा ५ लाख दर्शनार्थीहरुले दर्शन गरेका थिए ।

    श्रद्धालुहरूको भिड थेगिनसक्नु भएपछि उत्तर प्रदेश सरकारले अति विशिष्ट पाहुनाहरूलाई अर्को १० दिनसम्म अयोध्या नआउन अनुरोध गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार