Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • साढे दुई लाख घुससहित तीन जना पक्राउ


    बुधबार, माघ १० २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय ललितपुरका सर्वेक्षक रामवीर यादवसहित तीन जनालाई साढे दुई लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ । आयोगले मंगलबार गरेको स्टिङ अपरेसनमा उनीहरूलाई पक्राउ गरेको हाे ।

    पक्राउ पर्नेमा नापी सर्वेक्षक रामवीर यादव,लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारी रहेका छन् ।

    उनीहरूले घुस मागिरहेको सूचनाका आधारमा अख्तियारले स्टिङ अपरेसन गरेको थियो । उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार