Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • वीरेन्द्रनगरबाट लागुऔषधसहित तीन जना पक्राउ


    शुक्रबार, माघ ५ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । सुर्खेत प्रहरीले वीरेन्द्रनगरबाट एक जना महिलासहित तीन जनालाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–१ का अविशेक बस्याल, अनिस बस्याल र एलिना बस्याल रहेका छन् ।

    उनीहरुको साथबाट दुई ग्राम २० मिलिग्राम लागुऔषध फेला पारेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । पक्राउ गरिएका उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार