काठमाडौँ। दिनप्रतिदिन नेपाली श्रमिकको पहिलो श्रम गन्तव्य देश संयुुक्त अरब इमिरेट्स (युुएई) बन्दै गएको छ ।
वैदेशिक रोजगार विभागका अनुसार चालुु आर्थिक वर्ष २०८०-८१ को पहिलो छ महिनामा तीन लाख ४३ हजार ४०५ जनाले श्रम स्वीकृति लिएकामा युुएईका लागि लागि ८४ हजार ८५९ जनाले श्रम स्वीकृति लिएका छन् ।
विभागका महानिर्देशक डण्डुुराज घिमिरेले चालुु आवको सुुरुदेखि नै युुएई नेपालीको पहिलो श्रम गन्तव्य बन्न सफल भएको बताए । गएका दुुई वर्ष मलेसिया नेपालीको पहिलो श्रम गन्तव्य देश रहेकामा यस वर्षको सुुरुदेखि नै युुएई पहिलो गन्तव्य देश बन्न सफल भएको उनले बताए ।
अघिल्लो वर्ष लगातार तेस्रो श्रम गन्तव्य देश रहेको युएई यस वर्ष भने सुरुदेखि नै पहिलो गन्तव्य बन्न सफल भएको छ । यस अवधिमा दोस्रो श्रम गन्तव्य देश कतार रहेको छ । यस अवधिमा कतारमा ६७ हजार ५७० जनाले श्रम स्वीकृति लिएर गइसकेका छन् । तेस्रो गन्तव्य देशमा साउदी र चौथो श्रम गन्तव्य देशमा मलेसिया रहेका छन् । यस अवधिमा साउदी अरब जानका लागि ६६ हजार २९६ जनाले श्रम स्वीकृति लिएका छन् भने चौथो श्रम गन्तव्य देश मलेसियाका लागि ४८ हजार ७६४ जनाले श्रम स्वीकृति लिएका छन् ।
यस्तै यस अवधिमा कुुवेतका लागि १९ हजार ९३३ जना र दक्षिण कोरियाका लागि सात हजार १८५ जनाले श्रम स्वीकृति लिएका छन् ।
विभागका अनुसार चालु आव २०८०÷८१ को पहिलो छ महिनामा सबभन्दा बढी मङ्सिर महिनामा ७१ हजार २७६ जना रोजगारीका लागि श्रम स्वीकृति लिएका हुन् । चालु आवको साउनमा ५५ हजार ५७५, भदौमा ५० हजार ८८४, असोजमा ५६ हजार २३४ श्रम स्वीकृति लिएका छन् भने कात्तिकमा ४३ हजार ६२२ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।
गत आवमा सात लाख ७१ हजार ३२७ युवाले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्याङ्क छ । अघिल्लो आव २०७८-७९ मा यो सङ्ख्या छ लाख ३० हजार ९० ले श्रम स्वीकृति लिएर बिदेसिएका थिए । विभागका अनुसार यो नयाँ र पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या हो ।
विभागका अनुसार साउन २०८० मा काम खोज्दै ५५ हजार ५७५ बिदेसिएकामा पुसमा ६५ हजार ८१३ नेपालीले नयाँ श्रम स्वीकृति लिएका छन् । जबकि अघिल्लो वर्षको पुुसमा ६५ हजार ४६४ नेपाली बिदेसिएका थिए ।
काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको भाउ तोलामा ३ हजार ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको...
काठमाडौं । सिङ्गो देश प्राकृतिक विपत्तिको मारमा परेको बेलामा खाना पकाउने एलपी ग्याँसमा सरकारले मूल्यबृद्धि गरेको छ । विगत २ महिनादेखि ग्याँस सहज आपूर्ति...
काठमाडौं । नेपाली बजारमा पछिल्लो समय निरन्तर बढेर उच्च मूल्य तिर लागेको सुनको भाउ ओरालो लाग्न थालेको छ। सोमबार सुनको मूल्य प्रतितोला २ हजार...
काठमाडौं। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ। अर्थ मन्त्रालयलाई प्राप्त विवरणअनुसार बुधबार...
काठमाडौँ। बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सले घोषणा गरेको १ करोड सहयोग आज नेपाल सरकारका अर्थमन्त्रीलाई हस्तान्तरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend