Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौँ महानगरले ४ हजार जनालाई साइबर सेक्युरिटी तालिम दिने


    सोमबार, माघ १ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाण्डाै। काठमाण्डौ महानगरपालिकाले ४ हजार जनालाई साइबर सेक्युरिटीसम्बन्धी तालिम दिने भएको छ ।

    ‘रोजगारी र आय वृद्धि, काठमाण्डौको समृद्धि’ गौरव योजनाअन्तर्गत १५ हजार जनालाई भोलिदेखि तालिम दिने र ५ हजार जनालाई रोजगारीमा आबद्ध गराउने लक्ष्यसहित भोलिदेखि तामिल शुरु गर्ने महानगरले जनाएको छ । महानगरले ईसी काउन्सिल र ग्याप टेक्नोलोजीको सहकार्यमा तालिम दिन लागेको हो । यो सहकार्यबाट ५ करोड रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान हुने महानगरले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

    साइबर सेक्युरिटी तालिममा स्मार्ट फोन, इमेलहरूमा प्राप्त हुने म्यासेज तथा सूचना, इन्टरनेट जोडिएका उपकरण र यसमा प्रयोग हुने एप्लिकेशनहरूको आधिकारिकता, जोखिमको विषयमा सिकाइनेछ । अहिले ३४ विधामा तालिम दिन लागेको र आवश्यकता र मागका आधारमा अन्य विधा थप गर्ने महानगरले सञ्चालन गर्ने सीपमूलक कार्यक्रमकी फोकल पर्सन शान्ता पहाडीले बताए ।

    १५ हजार जनालाई तालिम दिने महानगरले लक्ष्य राखेकोमा साइबर सेक्युरिटी तालिमबाट मात्रै ४ हजार जना पुग्ने देखिन्छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार