काठमाडौं । काठमाडौं, धनगढी, पोखरा, विराटनगर, झापा र नवलपरासीमा लागुऔषधसहित आठ जना पक्राउ परेका छन् ।
काठमाडौं चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट लागूऔषध खैरो हेरोइन २० ग्रामसहित झापा कमल गाउँपालिका–१ सरणपाडाका २८ वर्षीय सन्देश पाठकलाई आज प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी झापाको मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेची पुलबाट लागुऔषध खैरो हेरोइन १० ग्राम चार सय मिलीग्रामसहित दुई जनालाई बिहीबार राति पक्राउ गरिएको छ । गैरकानुनी गतिविधि गरेको अभियोगमा मेचीनगर नगरपालिका–१० धुलाबारीका ४६ वर्षीय मोहन राजवंशी र उनकी श्रीमती ३६ वर्षीया दिलकुमारी छन् ।
पोखरा महानगरपालिका–१३ सङ्गमटोलका २३ वर्षीय सागर परियार, विराटनगर महानगरपालिका–१५ एक नम्बर ढाटबाट २८ वर्षीय अशोक कार्की र नवलपरासीपूर्व मध्यबिन्दु नगरपालिका–१४ कोलटाँडीबाट रूपन्देही तिलोत्तमा नगरपालिका–२ का २८ वर्षीय रविसोम मगर र धनगढी उपमहानगरपालिका–१ कैलालीपुलबाट लागुऔषध ब्राउनसुगर एक ग्राम चार सय २० मिलीग्रामसहित दुई जनालाई गए राति पक्राउ गरिएको केन्द्रीय प्रहरीले जनाएको छ ।
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
काठमाडौँ । मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मलेसिया जाने कामदारको बायोमेट्रिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend