Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • क्रोएसिया पठाउँछु भन्दै ठगेको आरोपमा एक जना पक्राउ


    बिहिबार, पुष २६ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। क्रोएसिया पठाउँछु भन्दै ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले धनकुटाको धनकुटा नगरपालिका–२ घर भई काठमाडौं बस्ने दीपेन्द्र राईलाई पक्राउ गरेकाे हाे ।

    उनले क्रोएसिया पठाउँछु भनेर जयराम भण्डारीसँग ५ लाख लिएपछि सम्पर्कविहीन भएका हुन् । उनले पीडितहरूलाई क्रोएसिया जान ११ लाख लाग्छ भनेर प्रलोभनमा पारेर रकम ठगेको प्रहरीले जनाएको छ ।

    आरोपीलाई कारवाहीका लागी प्रहरीले वैदेशिक रोजगार विभागमा पठाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार