Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रहरी सहायक निरीक्षक ८ हजार घुससहित पक्राउ


    बिहिबार, पुष २६ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बाँकेमा कार्यरत प्रहरी सहायक निरीक्षक गजेन्द्रसिंह भण्डारी घुससहित पक्राउ परेका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रहरी चौकी खडैचामा कार्यरत उनलाई पक्राउ गरेको हो।

    उनले कृषि प्रयोजनको लागि ल्याएको युरिया मलसहित पक्राउ परेको मोटरसाइकल छुटाइदिने भन्दै ८ हजार घुस लिएको अख्तियारले जनाएको छ ।

    पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार