Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विदेश पठाइदिन्छु भन्दै लाखौं ठगी, तीन जना पक्राउ


    बुधबार, पुष २५ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । वैदेशिक रोजगारीका लागि विदेश पठाइदिन्छु भन्दै लाखौं रकम ठगी गरेको आरोपमा प्रहरीले तीन जानलाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई फरक फरक मितिमा काठमाडौंबाट पक्राउ गरेकाे हाे ।

    पक्राउ पर्नेमा ३४ वर्षीया बेन्जु महत, २६ वर्षीय महेश तामाङ र ४८ वर्षीया उर्मिला चेम्जोङ रहेका छन् ।

    काठमाडौं बुढानीलकण्ठ घर भएकी बेन्जु महतले अमर बहादुर पुनलाई अमेरिकामा प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु भन्दै २३ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

    नवलपरासी बर्दघाट नगरपालिका–१५ घर भएका महेश तामाङले वैदेशिक रोजगारीमा टर्की पठाइदिन्छु रमेश थापासहित ३ जनाबाट ५ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन बनेका थिए । उनलाई पनि पुस २४ गते नवलपरासी (पूर्व) देवचुलीबाट पक्राउ परेका हुन् ।

    यस्तै धनकुटा घर भई हाल काठमाडौं बस्दै आएकी उर्मिला चेम्जोङले संगत थापासहित २ जनालाई पोर्चुगलको प्रतिष्ठित कम्पनीमा ड्राइभिङको काम लगाइदिन्छु भन्दै १० लाख ५० रुपैयाँ रकम लिएर फरार भएकी थिइन् । उनलाई कीर्तिपुरबाट पुस २५ गते पक्राउ गरिएको थियो ।

    तीनै जनालाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार