Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • १ सय वटा भन्दा बढी मोटरसाइकल चोर्ने दुई जना पक्राउ


    सोमबार, पुष २३ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। विगत लामो समय देखि मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानहरूबाट मोटरसाइकल चोरीमा संलग्न गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा सुनसरी जिल्ला हरिनगरा ६ बस्ने ४० वर्षीय नजाम अन्सारी र भोक्राहा नरसिंह गाउँपालिका-२ बस्ने २३ वर्षीय निकाईल अन्सारी रहेका छन् ।

    संगठित गिरोहको खोजतलास एवं नियन्त्रणको लागि जिल्ला प्रहरी कार्यालय मोरङले विशेष अपरेसन नै सञ्चालन गरेको थियो । अपरेसनको क्रममा १०० भन्दा बढी मोटरसाइकल चोरी गरी भारतको जोगवनी, फारवेसगन्ज र फुल्काहा लगायतका बजारमा पुर्‍याई बिक्री गर्ने गिरोहका दुई जनाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    उनीहरूलाई गत मङ्सिर २९ गते विराटनगरबाट पक्राउ गरिएको थियो । पक्राउ परेका नजाम अन्सारीको साथबाट अवैध लागु औषध ब्राउन सुगर १।०३ ग्राम बरामद भएको थियो । उनीमाथि लागु औषध कसुरमा समेत अनुसन्धान गरिएको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार