Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेटवर्किङमार्फत करिब १७ लाख ठगी, एक जना पक्राउ


    आइतबार, पुष २२ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेटवर्किङमार्फत करिब १७ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-५ चपली हाइटको घुम्तीबाट उनलाई पक्राउ गरेको हो।

    पक्राउ पर्नेमा खोटाङको केपिलासगढी गाउँपालिका-२ घर भई हाल बुढानीलकण्ठ नगरपालिका-४ बस्ने ३४ वर्षीय हिमाल राई रहेका छन्।

    उनले नेटवर्किङमार्फत काम लगाई दिने प्रलोभनमा पारेर १५ जनाबाट १६ लाख ९५ हजार रकम लिएका थिए। रकम लिएपछि कार्यलय बन्द गरेर राई सम्पर्कविहीन भएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार