Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ललितपुरको सीडीओमा श्रेष्ठ, प्रहरी प्रमुखमा खनाल


    शुक्रबार, पुष २० २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । गृह मन्त्रालयले ललितपुरमा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को जिम्मेवारी सहसचिव तुलसीबहादुर श्रेष्ठलाई दिएको छ ।

    उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठले आज मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयमा आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका श्रेष्ठलाई ललितपुरमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको हो ।

    यस्तै, प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनाललाई दिएको छ ।

    बालकुमारी घटनापछि ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित गृह मन्त्रालय र ललितपुर प्रहरी प्रमुख सिद्धिविक्रम शाह प्रहरी हेडक्वार्टरमा तानिएका थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार