Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौं जिल्ला अदालतबाट हतकडीसहित भागेका थुनुवा पक्राउ


    बिहिबार, पुष १९ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। बुधबार काठमाडौं जिल्ला अदालतबाट हतकडीसहित फरार भएका थुनुवालाई प्रहरीले पक्राउ गरेको छ । अदालत थुनछेक बहसका लागि लगेका बेला हतकडीसहित भागेका ३२ वर्षीय कमल खडकालाई प्रहरीले आज बिहान जडिबुटीबाट पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता कुमोद ढुंगेलले जानकारी दिए ।

    बुधबार बिहान १० बजेतिर ठी मुद्दामा पक्राउ परेका खड्कालाई थुनछेक बहसका लागि प्रहरी वृत्त महाराजगन्जको टोलीले काठमाडौं जिल्ला अदालत लगेको थियो । त्यही बेला उनी अदालत परिसरबाटै हतकडीसहित भागेका हुन् ।

    प्रहरी वृत्त महाराजगन्ज र जिल्ला प्रहरी परिसर टेकुबाट खटिएको टोलीले बिहीबार बिहान जडिबुटीस्थित न्यु दोलखाली गेस्ट हाउसबाट खड्कालाई नियन्त्रणमा लिएको हो ।

    खड्काले लगाएको हतकडी र थुनुवा ज्याकेट भक्तपुरको चाँगुनारायण नगरपालिका-१ दुवाकोटस्थित उनको कोठामा फेला परेको पनि प्रहरीले बताएको छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार