काठमाडौं। नेपाली क्रिकेट टोलीका पुर्व कप्तान सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा प्रतिवादीका वकिलको बहस सकिएको छ । सन्दीपका पक्षमा वरिष्ठ अधिवक्ताहरू शम्भु थापा र रमन श्रेष्ठसहितले बहस गरे । उनीहरूसहित सन्दीप पक्षका ९ वकिलले बहस गरेका छन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालसमा अहिले जाहेरवाला र सरकारी वकिलले जवाफी बहस गरिरहेका छन् । गत आइतबारदेखि न्यायाधीश ढकालको इजलासमा जारी सुनुवाइमा आजै आदेश हुन सक्छ वा सक्दैन भनेर जानकारी गराइसकिएको छैन । तर, जवाफी बहस सकिएपछि फैसला आउन सक्ने अदालत स्रोतले जानकारी दिएको छ ।
सन्दीपको विपक्षमा सरकारी वकिलबाट दुईजना र जाहेरवालाबाट आठ जनाले बहस गरेका थिए । जवाफी बहस भने जाहेरवाला र सरकारी वकिलबाट एक–एक जनाले गर्ने बताइएको छ ।
पीडित भनिएकी गौशाला २६ (छ) को उजुरीमा अनुसन्धान गरी प्रहरीले प्रतिवेदन बुझाएपछि सन्दीपविरुद्ध ०७९ कात्तिक १४ मा जिल्ला अदालतमा जबरजस्ती करणी मुद्दा दायर भएको थियो । त्यसबेला पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशमा थुनामा पठाइएका लामिछाने उच्च अदालतको आदेशबाट २० लाख धरौटीमा थुनामुक्त भएका थिए ।
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
सिरहा । सशस्त्र प्रहरी बल, नेपाल नं.७ गण हेडक्वार्टर सिरहाले एसपी सुमनजंग थापाको नेतृत्वमा जिल्लाका विभिन्न सीमा क्षेत्रमा निगरानी तथा गस्तीलाई कडाइ गर्दै १५...
काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका-९ भाबरबाट १६२ किलो ७९४ ग्राम अवैध लागुऔषध गाँजासहित दुई जना चालकलाई पक्राउ गरिएको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend