काठमाडौं। गत आइतबारबाट अन्तिम बहस सुरु भएको राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्तीकरणी मुद्दा काठमाडौं जिल्ला अदालतमा आज (बुधबार) देखि पुन: निरन्तर सुरु हुँदैछ। सोमबार र मंगलबार बिदा भएका कारण आज बिहान १०:३० देखि बहस निरन्तर सुरु हुन लागेको हो।
क्रिकेटर लामिछानेविरुद्धको मुद्दा न्यायाधीश शिशिरराज ढकालले हेर्दाहेर्दैमा राखेका थिए। सन्दीपको मुद्दा पहिलो पटक अन्तिम बहस हेर्दाहेर्दैमा गएसँगै अब मुद्दाले बहस सकिएसँगै किनारा पाउने छ।
अन्तिम बहस आज ढकालको इजलासमा सुरु हुनेछ। काठमाडौं जिल्ला अदालतमा अन्तिम बहसका लागि पेशी चढेको मुद्दामा आइतबार सरकारी वकिलका तर्फबाट सुविर परियार र सिताराम अर्यालले बहस गरेका थिए। त्यस्तै, पीडितको पक्षबाट अर्का अधिवक्ता आत्म आचार्यले बहस गरेकी थिइन्।
मुद्दामाथिको बहस नसकिएपछि न्यायाधीश ढकालले सन्दीप विरुद्धको मुद्दा हेर्दाहेर्दैमा राख्दै बुधबार सुनुवाइ निरन्तर हुने आदेश दिएका थिए। मुद्दामा सन्दीप पक्षका वकिलहरूको बहस सुरु भएको छैन।
यसअघि ११ वैशाखमा पहिलो पटक सर्वोच्चको आदेशपछि फाइनल सुनुवाइ सुरु भएको थियो। न्यायाधीश दीपक ढकालको इजालासमा सरकारी पक्षका वकिलहरूले ४ घण्टा बढी बहस गरिसकेका थिए।
न्यायाधीशले इजलासमा बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेर निरन्तरता दिने आम प्रचलन रहे पनि न्यायाधीश दीपक ढकालले मुद्दा हेर्दाहेर्दैमा नराखेर हेर्न नभ्याइने आदेश गरेपछि बहस अर्थहीन हुँदै मुद्दा फेरि लम्बिन पुगेको थियो।
यसअघि कात्तिक २३ गते यो मुद्दामा न्यायाधीश केशव घिमिरेले बहसको लिखित नोट मागेका थिए। शुक्रबारसम्म दुबै पक्षले बहस नोट बुझाएका थिए।
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
काठमाडौँ । मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मलेसिया जाने कामदारको बायोमेट्रिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend