Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा न्यायाधीश शिशिरराज ढकालको इजलासमा


    आइतबार, पुष ८ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश शिशिरराज ढकालको इजलासमा परेको छ । आज अन्तिम फैसला हुने भनिएको मुद्दा न्यायाधीश ढकालको इजलासमा परेको हो । यसअघि पनि फैसलाका लागि भनेर पटक पटक पेसी तोकिए पनि विभिन्न कारण मुद्दाको किनारा लाग्न सकेको छैन

    उक्त नाबालिग बलात्कारको कसुरमा काठमाडौँ जिल्ला अदालतमा २०७९ कात्तिक १४ गते क्रिकेटर लामिछानेविरुद्ध मुद्दा दायर भएको थियो । वारदात भएको भनिएको मिति २०७९ भदौ ५ गते पीडित भनिएकी किशोरीको उमेर १८ वर्षभन्दा कम रहेको भन्दै गौशाला २६ को जाहेरीले नेपाल सरकार वादी भई मुद्दा दायर भएको थियो ।

    अभियोजनमा पीडित किशोरीको जन्ममिति २०६२ जेठ १८ रहेको र वारदताको समयमा १७ वर्ष ३ महिना रहेको दावी गरिएको छ ।

    यदि सन्दीप दोषी ठहर भए उनी कम्तीमा १० वर्ष जेलमा बस्नु पर्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार