काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको ८० प्रतिशत सेयर खरिद गरिएको प्रकरणमा अध्ययन सुरू गरेको जनाएको छ।
एनसेलको ८० प्रतिशत सेयर भएको आजियाटा ग्रुपले आफ्नो सम्पूर्ण सेयर गत शुक्रबार बेलायतको स्पेक्ट्रलाइट कम्पनीलाई बिक्री गरेको घोषणा गरेको थियो।
सो विषयमा प्राधिकरणले पूर्व अनुमति नलिएको भन्दै एनसेलसँग जवाफ माग गरेको थियो। प्राधिकरणका अध्यक्ष पुरूषाेत्तम खनालले यस विषय अध्ययमा रहेको बताएका छन्।
‘प्राधिकरण यस कम्पनीको कागजात संकलनको क्रममा रहेको छ, यसका लागि हामीले पत्राचार गरेको छौँ,’ बुधबार अर्थसमितिको बैठकमा खनालले भने।
उनले कागजात संकलन भएपछि प्राधिकरणले अध्ययन गर्ने बताए।
संसद दिपक खड्काले यसअघि पनि कर छलीको घटनाको कारण त्यसयता आफूले एनसेलको सिम प्रयोग अहिलेसम्म प्रयोग नगरेको बताए।
उनले साधारण मानिसले आ–आफ्नो व्यवहार चलाउन घरजग्गा बेच्दा अनवार्य कर तिर्नुपर्ने तर ठूला व्यवसायीले यसरी कर छल्ने परिपाटीलाई निरूत्साहित गर्नुपर्ने बताए।
एनसेलको सेयर कारोकार शंकास्पद भएको भन्दै अहिले संसदीय समितिहरूले चासो देखाएका छन्।
संसदको अर्थसमिति अहिले दूरसञ्चार रोयल्टी र एनसेल कारोबारको विषयमा छलफल गरिरहेको छ। त्यस्तै आजै संसदको सार्वजनिक लेखा समितिले पनि यस विषयमा छलफल गर्दैछ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend