काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको ८० प्रतिशत सेयर खरिद गरिएको प्रकरणमा अध्ययन सुरू गरेको जनाएको छ।
एनसेलको ८० प्रतिशत सेयर भएको आजियाटा ग्रुपले आफ्नो सम्पूर्ण सेयर गत शुक्रबार बेलायतको स्पेक्ट्रलाइट कम्पनीलाई बिक्री गरेको घोषणा गरेको थियो।
सो विषयमा प्राधिकरणले पूर्व अनुमति नलिएको भन्दै एनसेलसँग जवाफ माग गरेको थियो। प्राधिकरणका अध्यक्ष पुरूषाेत्तम खनालले यस विषय अध्ययमा रहेको बताएका छन्।
‘प्राधिकरण यस कम्पनीको कागजात संकलनको क्रममा रहेको छ, यसका लागि हामीले पत्राचार गरेको छौँ,’ बुधबार अर्थसमितिको बैठकमा खनालले भने।
उनले कागजात संकलन भएपछि प्राधिकरणले अध्ययन गर्ने बताए।
संसद दिपक खड्काले यसअघि पनि कर छलीको घटनाको कारण त्यसयता आफूले एनसेलको सिम प्रयोग अहिलेसम्म प्रयोग नगरेको बताए।
उनले साधारण मानिसले आ–आफ्नो व्यवहार चलाउन घरजग्गा बेच्दा अनवार्य कर तिर्नुपर्ने तर ठूला व्यवसायीले यसरी कर छल्ने परिपाटीलाई निरूत्साहित गर्नुपर्ने बताए।
एनसेलको सेयर कारोकार शंकास्पद भएको भन्दै अहिले संसदीय समितिहरूले चासो देखाएका छन्।
संसदको अर्थसमिति अहिले दूरसञ्चार रोयल्टी र एनसेल कारोबारको विषयमा छलफल गरिरहेको छ। त्यस्तै आजै संसदको सार्वजनिक लेखा समितिले पनि यस विषयमा छलफल गर्दैछ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आफ्नो वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको जनाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend