काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको सचिवबाट दिनेश घिमिरेले राजीनामा दिएपछि पदरिक्त छ । रिक्त प्राविधिक सचिवमा सरिता दवाडीको बढुवा भइसकेको छ । तर ऊर्जा सचिवमा भने सरकारले कसैलाई खटाएको छैन ।
ऊर्जा मन्त्रालयको सचिवमा सरुवा हुनका लागि गोपालप्रसाद सिग्देल, प्रमिला बज्राचार्य, मणिराम गेलाल, सुरेश आचार्य, हालै बढुवा भएका विश्वबाबु पुडासैनीदेखि सरिता दुवाडीसम्म लागेका छन् । तर ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेतले भने आफ्नै मन्त्रालयका सिंचाईतर्फका सचिव सिग्देललाई ल्याउने बचन दिइसकेका छन् । यद्यपि सिग्देल भने भौतिक पूर्वाधार मन्त्रालयमा फर्किने कोसिसमा लागेका छन् । उक्त चाहना पूरा नभए ऊर्जामै फड्को मार्ने दाउमा छन् ।
हाल सिग्देल मन्त्री बस्नेतसँगै कोप सम्मेलनमा सहभागी हुन युएईको दुबईमा छन् । उनी ऊर्जा सचिवकै रुपमा कोपमा भाग लिन गएका हुन् । हालै बढुवा भएकी सरिता दवाडी सिंचाई सचिवमै पदस्थापन हुने चाहना राखिरहेकी छन् । निजामती सेवामा प्रवेश गरेको १ दशकमै सचिवमा बढुवा सफल दवाडी सिंचाई विभागकी पूर्व महानिर्देशक हुन् ।
निजामती सेवामा प्रवेश गरेको १ दशकमै बढुवा भएकाले उनले पेन्सन समेत नपाउने भएकी छन् । उनलाई १५ महिनापछि बढुवा गरिएको भए पेन्सन पाउने थिइन् । तर जुनियर मातहत काम गर्नुपर्ने भएकाले पेन्सन नै नभए पनि बढुवा हुने चाहना ब्यक्त गरेपछि दवाडी सचिव भएकी हुन् । उनी मुख्यसचिव बैकुन्ठ अर्यालकी साली हुन् । दवाडीलाई सचिवमा बढुवा गरेपछि मुख्यसचिवलाई धर्मसंकट आइलागेको छ ।
बरिष्ठ सचिवहरुले मन्त्रालय नपाइरहेको अवस्था एकातिर छ । सचिव गोपालप्रसाद सिग्देल ऊर्जातिर सारिएपछि सिंचाई मन्त्रालयमा बरिष्ठ सचिवहरुमध्येबाट लानुपर्ने बाध्यता एकातिर छ भने अर्कोतिर परिवारभित्रैकै सदस्य दवाडीलाई लान पनि उनलाई उत्तिकै दबाब परेको छ ।
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend