Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुत्केरी र शिशुको मृत्युपछि लमजुङ अस्पतालमा दुई दिनदेखि तनाव, ८ राउन्ड अश्रुग्यास प्रहार


    बिहिबार, मंसिर १४ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सुत्केरी र शिशुको मृत्युपछि दुई दिनदेखि लमजुङ अस्पतालमा तनाव भएको छ । मर्स्याङ्दी गाउँपालिका–९ पामचोक दलितबस्तीकी २६ वर्षीया शोभा विक र उनको शिशुको मृत्यु भएको विषयले बुधबारदेखि लमजुङ अस्पतालमा तनाव भएको हाे ।

    अस्पतालमा मृतक परिवारका आफन्त तथा परिवारले बिहीबार साँझ प्रदर्शन, नाराबाजी गर्दै तोडफोडसमेत गरेका छन् । सो क्रममा ढुंगाले लागेर अस्पतालको सीसा फुटेको छ र २ प्रहरीलाई पनि ढुंगा लागेको छ ।

    तनाब बढ्दै गएपछि प्रहरीले ८ राउण्ड अश्रुग्यास प्रहार गरेको छ । मृतको परिवारका पक्षबाट भएको प्रदर्शनका क्रममा टायर बाल्ने र प्रहरीतिर फाल्ने क्रम सुरु भएपछि अश्रुग्यास प्रहार गरेको प्रहरीले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार