Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एनसेलबाट बाहिरिने आजियाटाको घोषणा


    बुधबार, मंसिर १३ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपालको ठूलो दूरसञ्चार सेवा प्रदायकमध्येको एनसेलको मुख्य कम्पनी आजियाटाले आफ्नो सबै शेयर विक्री गरेर नेपालबाट बाहिरिने निर्णय गरेको छ । आजियटाले एनसेलको व्यापार लगातार खुम्चिँदै गएको एवं नेपालको परिस्थिती चुनौतीपूर्ण बन्दै गएका कारण बोर्डले नेपालबाट बाहिरिने निर्णय गरेको उल्लेख गरेको छ ।

    साथै आजियाटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सुदले एनसेलबाट बाहिरिने निर्णय भएसँगै कम्पनीको ८० प्रतिशत सेयर बिक्रीको प्रक्रिया थालेको समेत बताएका छन् ।

    एनसेलमा मलेसियाको आजियाटा ग्रुप बर्हाडको ८० प्रतिशत सेयर स्वामित्व रहेको छ। बाँकी २० प्रतिशत सेयर सुनिभेरा क्यापिटल भेन्चर प्रालिको छ।

    सन् २०२२/२३ मा एनसेलले ३७ अर्ब ४४ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो भने एनसेलले सन् २०२१/२२ मा ३९ अर्ब ७२ करोड ५० लाख र सन् २०२०/२१ मा एनसेलले ४० अर्ब ४२ करोड रुपैयाँको व्यापार गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार