Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अध्यक्ष नेपालको दाबी- राजतन्त्र ल्याउँछु भन्नु कल्पना मात्र हो


    मंगलबार, मंसिर १२ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजतन्त्र ल्याउँछु भन्नु कल्पना मात्रै भएको टिप्पणी गरेका छन्।

    मंगलबार बिहान सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा नेपालले यस्तो बताएका हुन्।

    ‘गणतन्त्र जनताको व्यवस्था हो, यो कुनै परिवार र खानदानको व्यवस्था होइन।सरकार र मन्त्रीको विषयमा प्रश्न उठाउन सकिएला तर फेरि पनि राजतन्त्र ल्याउँछु भन्नु कल्पना मात्र हो’, उनले भने।

    अध्यक्ष नेपालले मेडिकल व्यवसायी दुर्गा प्रसाईंप्रति लक्षित गर्दै राजतन्त्र ल्याएपछि बैंककाे ऋण मिनाहा हुन्छ भनेर आन्दाेलन गर्नु व्यर्थ भएकाे बताए।

    राजावादीहरूकाे आन्दोलन उपलब्धिविहीन भएको उनकाे भनाइ छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार