Nepal Face
  • आइतबार, १० साउन २०८३
  • क्रिकेटर सन्दीपविरुद्धको मुद्दाको पेसी केशव घिमिरेको इजलासमा


    बिहिबार, कार्तिक २३ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नाबालिग बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदैछ । उक्त मुद्दाको पेसी न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा परेको छ ।

    सर्वोच्चले गत फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएपनि जिल्ला अदालत काठमाडौंले अहिलेसम्म फैसला सुनाउन सकेको छैन ।

    २०७९ कात्तिकमा दर्ता भएको मुद्दाको फैसला सुनुवाइ पेसी विभिन्न बहानामा पटक-पटक सर्दै आइरहेको छ । त्यस्तै जिल्ला अदालतमा न्यायाधीश अभावमा पेशी चढे पनि स्थगित हुँदै आएको छ ।

    यसअघि सुनुवाइमा ढिलो भएको भन्दै लामिछानेले राष्ट्रिय टोलीबाट खेल्न अस्वीकार गरेका थिए । पछि क्यानका पदाधिकारीको आग्रहमा उनी नेपाली टोलीमा फर्किएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार