Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपति पौडेल कात्तिक २२ गते फ्रान्स, जर्मनी र इटाली भ्रमणमा जाँदै


    शुक्रबार, कार्तिक १७ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल यही कात्तिक २२ गते फ्रान्स, जर्मनी र इटाली भ्रमणमा जाने तयारीमा छन् । यही कात्तिक १६ गते बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको फ्रान्स, जर्मनी र इटाली भ्रमण स्वीकृत गरेको हो ।

    फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन र सो त्यसपछि सङ्घीय गणतन्त्र जर्मनी र इटालीको भ्रमण गर्न यही राष्ट्रपति पौडेल कात्तिक २२ गते त्यसतर्फ प्रस्थान गर्ने छन् । उनी उक्त भ्रमण सकेर मङ्सिर १ गते स्वदेश फिर्ता हुने गरी भ्रमण कार्यक्रम तय भएको छ ।

    बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो बारे जानकारी दिए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार