Nepal Face
  • आइतबार, १० साउन २०८३
  • न्याय पाएको भन्दै सर्वोच्चको भुइँ ढोग्दै रोइन् भारती


    बिहिबार, कार्तिक १६ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका योगराज ढकाल (रिगल)लाई आममाफी दिने निर्णय बदर गदै चेतन मानन्धरकी पत्नी भारती शेर्पालाई न्याय दिएपछि उनी भावुक बनेकी छन् । सर्वोच्चले आज उनको पक्षमा फैसला सुनाएपछि भावुक हुँदै भारतीले भुइँमा ढोग्दै आफूले न्याय पाएको भन्दै भक्कानिएकी छन्।

    नेपालगञ्ज निवासी श्रेष्ठका हत्यारा अदालतले योगराज ढकाललाई तत्काल पक्राउ गर्न आदेश दिएको छ । सर्वोच्चले योगराज ढकालको कैद मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर गर्दै भारती शेर्पाको पक्षमा फैसला सुनाएको हो ।

    न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले ढकाललाई आममाफी दिने राष्ट्रपति कार्यालयको निर्णय उत्प्रेषणको आदेशले बदर गर्दै उनलाई निजलाई तत्काल पक्राउ गरेर थुनामा राख्न परमादेश समेत दिएको छ ।

    संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्ले योगराज ढकालको कैद मिनाहा गर्ने निर्णय गरी आममाफीका निम्ति राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सरकारको उक्त सिफारिससँगै ढकाल कारागारमुक्त भएका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार